झलनाथको सनाखतले मान्यता पाउँदा रेशमकोले पाएन

काठमाडौँ । नयाँ दल दर्ताको क्रममा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालको सनाखतले मान्यता पायो भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता रेशम चौधरीको सनाखतले मान्यता पाएन । भारतमा उपचार गराइरहेका खनालले नयाँ दिल्लीमा रहेको रहेको नेपाली दूतावासमा पुगेर गरेको सनाखत पराष्ट्र मन्त्रालय हुँदै आयोगमा प्राप्त भएको र सनाखतले मान्यता पाएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

तर, लाकतान्त्रिक समाजवादी पार्टीमा रहेको भनेर सनाखत गरेका रेशम चौधरीको सनाखतले भने मान्यता नपाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । यसअघि दल दर्ताका लागि दोश्रोपटक निवेदन दिँदा नाम र हस्ताक्षर नभएकाले आजको सनाखतले मान्यता नपाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यससँगै, नेकपा एकीकृत समाजवादीमा आधिकारिक सनाखत गर्ने केन्द्रीय सदस्यको संख्या ५५ पुगेको छ । ५४ जना स-शरीर र एकजनाको हस्ताक्षर गरी ५५ जना केन्द्रीय सदस्यको सनाखत भएको आयोगले जनाएको छ । यस्तै सनाखत हुने सांसदको संख्या ३० पुगेको छ ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीमा १६ जना केन्द्रीय कार्यकारिणी समिति सदस्य र १४ जना सांसदको हस्ताक्षर सनाखत भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *