‘अध्यादेश कुनै पार्टी फुटाउन हाेइन, संसद्को स्थिरताका लागि ल्याइएकाे हाे’

इनरुवा । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश संसद्को स्थिरताका लागि भएको सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

सुनसरीको कोशी गाउँपालिका-३ स्थित जङ्गली जनावरबाट पीडित भएकासँग बुधबार छलफल गर्दै मन्त्री कार्कीले अध्यादेश संसद्को स्थिरताका भएको दाबी गरे । ‘सरकारले ल्याएको अध्यादेश कुनै पार्टी फुटाउन नभई संसद्को स्थिरताका लागि हो, यो बाध्यात्मक अवस्थाको उपज हो,’ उनले भने ।

गठबन्धनको संस्कृतिलाई बलियो बनाएर लैजाने विषयमा छलफल जारी रहेकाले सरकार विस्तारमा ढिलाइ भएको बताउँदै प्रवक्ता कार्कीले वर्तमान सरकारले छिट्टै पूर्णता पाउने विश्वास दिलाए । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको विस्तार र स्थानीयको समस्या बुझ्न उनी सुनसरी आएका हुन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *