गोकुल बाँस्कोटाको टिप्पणी

नेकपा एकीकृत समाजवादी पुलमुनिको खेत !

काठमाडाैँ । नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)लाई ‘पुलमुनिको खेत’ भन्दै व्यंग्य गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत पुलमुनिको खेतले कुनै उपलब्धी नदिने भन्दै गरेका हुन् ।

नवगठित एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल चार महिनामै माओवादी केन्द्रमा विलीन हुने उनेको दाबी छ । ‘पुलमुनीको खेत कित्ता नं १६६ वाला लालपुर्जे काका दंगदास भैराथे। किन रै छ भनेको त चार मैहिनामै प्रचण्डमै विलीन हुन रैछ,’ उनको टिप्पणी छ, ‘हे ! राम, राम, राम पुलमुनीको खेतमा न त बन्छ घर न फल्छ धान मकै। पसीना पानीमा मल बीऊ बाढीमा हात मात्रै टाउकोमा !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *