नेप्से १७ अकंले बढ्यो, कारोबार रकम भने बढ्न सकेन
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १७.५७ अंकले बढेको छ ।
यस दिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.५७ प्रतिशतले बढेर ३०९४.०१ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने ३.४० अंकले बढेर ५७१.३९ बिन्दुमा पुगेको छ ।
यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ उपसमूहको सूचक मात्र बढेको छ भने अन्य ८ वटा उपसमूहहरू घटेका छन् ।
त्यस्तै, २ सय ३२ कम्पनीका २ करोड १६ लाख ९० हजार ५ सय ८५ कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७ सय ९२ रुपैयाँको खरिद बिक्री भएको छ ।
यस दिन अरुण उपत्यका जलविद्युत विकास कम्पनी लिमिटेड,अन्खु खोला जलविद्युत कम्पनी लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, श्री इन्वेस्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड, गुहेश्वरी मर्चेन्ट बैंक र वित्त कम्पनी लिमिटेड, घलेम्दी हाइड्रो लिमिटेड र जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।