आचार्यले लिए मुख्यमन्त्रीको शपथ
मकालु खबर
२०७८ भदौ १० गते
काठमाडौँ । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन् ।
आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शपथ खुवाएका हुन् । आचार्यको शपथ ग्रहण हतार हतारमा गरिएको थियो ।
यो पनि : शेरधनले दिए राजीनामा
अहिलेसम्म बहुमतमा रहेको नेकपा एमालेभित्रको आन्तरिक कलहका कारण संघीय सरकार ढलेसँगै तात्कालीन एमालेका नेता माधवकुमार नेपालले नेकपा (एकिकृत समाजवादी) दर्ता गरेपछि त्यसको असर प्रदेशको राजनीतिमा परेको हो ।
यो पनि : संसदीय दलको नेतामा आचार्य चयन, आजै मुख्यमन्त्रीको शपथ
त्यसैको असरस्वरुप प्रदेश १ को संसदीय दलको नेतामा लामो समय माधव नेपालको धारमा रहेका भीम आचार्य चयन भएका छन् ।
संख्यात्मक रुपमा बलियो भएर पनि दलमा हारेका नेता आचार्य अहिले राईकै जोडबलमा मुख्यमन्त्री बनेका हुन् ।
मकालु खबर
२०७८ भदौ १० गते
प्रतिक्रिया
सम्बन्धित