एमाले केन्द्रीय कमिटी बैठक शुरु, यी हुन् एजेण्डा

काठमाडौं । एमाले केन्द्रीय कमिटी बैठक शुरु भएको छ । वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल एमाले छोडेर नेकपा [एकीकृत समाजवादी] बनाएपछि बसेको पहिलो बैठकले खासगरी तीनवटा विषयमा छलफल तथा निर्णय गर्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठक ललितपुरस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानमा जारी बसिरहेको छ । बैठकले १० बुँदे सहमतिको प्रस्तावना कार्यान्वयन प्रस्तावसम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे निर्णय गर्ने छ ।

त्यस्तै तेस्रो एजेण्डाका रुपमा पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यहरुको कारबाही प्रक्रिया अघि बढाउने रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *