हाम्रो कोही शत्रु हुने छैनन् : नेपाल

काठमाडौं । नवगठित दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो दलले जनताको समस्यालाई आफ्नो समस्या ठान्ने बताएका छन् । बिहीबार (आज) बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘हामी कसैको प्रशंसा गर्दैनौँ,’ अध्यक्ष नेपालले भने, ‘कसैको गुणगान गाउँदैनौँ । हामी जनताको पीडालाई आफ्नो पीडा भन्छौँ । हामी क्रान्तिकारी बाटो हिँड्छौँ । पञ्चशीलतका ५ सिद्धान्तलाई आत्मसाथ गर्दै अगाडि जानेछौँ ।’

यस्तै अध्यक्ष नेपालले आफ्नो कोही पनि शत्रु नहुने बताए । भने— ‘हाम्रो कोही पनि शत्रु हुने छैनन् । सबै मित्र हुनेछन् । हामी हाम्रो भविष्य आफैं बनाउन सक्नेछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *