नेता/कार्यकर्तालाई नेपालको आग्रह : ओली गुटबाट तत्काल छुटकारा पाउनुस्

काठमाडौं । नवगठित दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले नेतृत्व गरेको नयाँ क्रान्तिकारी धारमा समाहित हुन एमाले नेता/कार्यकर्तालाई अपिल गरेका छन् । बिहीबार (आज) बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘केपी ओली गुटबाट तत्काल छुटकारा पाउनुस्,’ अध्यक्ष नेपालले भने, ‘दक्षिणपन्थी भाषमा फसेको, जनताको जिम्मेवारीबाट भागेको, पार्टी तहसनहस गर्न उद्धत भएको, सरकार सञ्चालन गर्न असफल, पार्टी विभाजित हुँदा भोजभतेर गरेर खुसी मनाएको, एकै कार्यकालमा दुई पटक प्रतिनिधि सभा विघटन गर्नेलाई साथ नदिनुस् । देशभर पीडित रहनुभएका साथीहरू नयाँ क्रान्तिकारी धारमा समाहित हुनुस् ।

निर्वाचन आयोगले बुधबार एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) लाई दल दर्ताको प्रमाणपत्र दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *