सरकारमा चाँडै सहभागी हुनेछौँ : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी हुने बताएका छन् । बिहीबार (आज) बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘हामी अवश्य पनि सरकारमा सहभागी हुनेछौँ,’ अध्यक्ष नेपालले भने, ‘पहिलेदेखि नै हामी गठबन्धनमा थियौँ तर, औपचारिक रूपमा ५ दल भन्न मिलेको थिएन । अब ५ दलीय गठबन्धन अगाडि बढ्छ ।’

नेकपा (एमाले) मा भएका अर्बौंका सम्पत्तिबारे पार्टीले दाबी गर्छ कि गर्दैन भन्ने प्रश्नमा अध्यक्ष नेपालले कानुनअनुसार अगाडि बढ्ने बताए । ‘कानुनमा के छ हेरौँला,’ अध्यक्ष नेपालले भने, ‘होइन भने म निर्माण गर्न सक्छु । म निर्माण गर्ने अरू ध्वंस गर्ने हुन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *