कानून आयोगको अध्यक्षमा जागेश्वर सुवेदी

काठमाडौँ । सरकारले नेपाल कानून आयोगको अध्यक्षमा पूर्वन्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कानून आयोगको अध्यक्षमा पूर्वन्यायाधीश सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसैगरी, बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्प रमन वाग्ले र सोलनी प्रधान सिंहलाई नियुक्त गर्ने निर्णयसमेत गरेको उनले बताए । त्यस्तै बैठकले कोभिड-१९ विरुद्धको सारकोभ-२ एमआरएनए खोप तथा हैजाको खोपलाई नेपालमा क्लिनिकल ट्रायल गर्न अनुमति दिएको उनले बताए ।

अतिकम विकसित राष्ट्रसम्बन्धी बैठकमा भर्चुअल रुपमा नेपालको तर्फबाट सहभागिता जनाउन योजना आयोगका उपाध्यक्षलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *