शंकर पोखरेल लेख्छन्- परमादेशको सरकार र अध्यादेशको पार्टीले जनभावनाको प्रतिनिधित्व गर्दैन

काठमाडौं । नेकपा (एमाले) नेता शंकर पोखरेलले परमादेशको सरकारले जनभावनाको प्रतिनिधित्व गर्न नसक्ने बताएका छन् । परमादेशको सरकार र अध्यादेशको पार्टीले जनआन्दोलन र जनभावनाको प्रतिनिधित्व गर्न सक्तैनन्’ नेता पोखरेलले आफ्नो आधिकारिक फेसबूकमार्फत भनेका छन् ।

शेरबहादुर देउवा र माधवकुमार नेपालप्रति लक्षित गर्दै नेता पोखरेलले त्यसलाई जनादेशबाट प्रतिस्थापन गर्ने चुनौतीसमेत दिएका छन् । भनेका छन्, ‘नयाँ जनादेशबाट त्यसको प्रतिस्थापन गरिनेछ ।’

गत साउन २७ गते लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री पदबाट राजीनामा गरेको पोखरेल अहिले राष्ट्रिय राजनीतिकेन्द्रित भएका छन् । यसपछि पोखरेलले पछिल्लो पटक गठन भएको सरकारको विभिन्न तौरबाट आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *