मोक्षभूमि : मेरा अनुभूतिहरु

शुरुमै स्पष्ट गर्न चाहन्छु‚ म मोक्षभूमिका लेखक केशव दाहालको छोरा हुँ । त्यसैले मेरो यो लेख कतै मोक्षभूमि र यसका लेखकप्रति आग्रहपूर्ण नहोस् भनेर म सजग छु । खासमा यो लेख मोक्षभूमिको समीक्षा नभएर यसको रचनागर्भमा म आफैँ थोरबहुत जोडिएको हुँदा त्यसको अनुभूति लेख्ने प्रयत्न गरेको हुँ ।

ईन्जिनियर भएकाले मेरो समय साहित्यमा भन्दा धेरै रेखाचित्र, तथ्याङ्कको हिसाबकिताब र गणितमा बित्छ । तर‚ कथा पढ्न र लेख्नमा पनि मेरो रुचि छ । त्यसैले म समय मिल्नासाथ साहित्य होस् या अरु कुनै रुपमा काल्पनिक दुनियाँमा प्रवेश गर्छु । पछिल्लो समय मलाई धेरै नेपाली साहित्यमा रुचि जागृत भएको छ ।

नेपाली साहित्यमा मेरो रुचि जागृत गर्ने श्रेय मेरो बुबालाई त जान्छ नै‚ तर त्यति नै श्रेय जान्छ आदरणीय लेखक नयनराज पाण्डेलाई । किनभने नेपाली साहित्यको एक उम्दा कृति ‘लू’ पढेर मैले हाम्रो साहित्यसँग प्रथम पटक साक्षात्कार गरेको हुँ । त्यसपछि मात्र मलाई विश्वास भयो, हामीसँग यथेष्ट कथाहरू छन् । त्यसपछि मैले अरु नेपाली लेखकहरूलाई पनि पढ्न थालेँ । मलाई नारायण वाग्लेको पल्पसा क्याफे पनि मन परेको छ । बुद्धिसागर, अमर न्यौपाने र कुमार नगरकोटीको लेखनले मलाई आकर्षित गर्छ । आजकल मेरो पुस्ताका लेखकका किताबहरू पनि खोजेर पढ्ने गरेको छु ।

यो वर्ष चर्चामा रहेका केहि पुस्तकहरूमध्ये मोक्षभूमिसँग जोडिएको मेरो अनुभवको आलेख हो यो । मोक्षभूमिमाथि प्रशस्त चर्चाहरू भएका छन् । धेरैले समीक्षा लेख्नुभएको छ । कतिपय समीक्षा र टिप्पणीहरू मैले पढेको पनि छु । ती समूक्षाहरूबाट बेलोबेला रोमाञ्चित पनि भएको छु ।

ईन्जिनियर भएकाले मेरो समय साहित्यमा भन्दा धेरै रेखाचित्र, तथ्याङ्कको हिसाबकिताब र गणितमा बित्छ । तर‚ कथा पढ्न र लेख्नमा पनि मेरो रुचि छ । त्यसैले म समय मिल्नासाथ साहित्य होस् या अरु कुनै रुपमा काल्पनिक दुनियाँमा प्रवेश गर्छु । पछिल्लो समय मलाई धेरै नेपाली साहित्यमा रुचि जागृत भएको छ ।

किताबमा कथाको बनोट, पात्रहरूको सिर्जना र उनिहरूको चरित्र निर्माणमा म स्वयं लेखन कार्यका सुरुका दिनमा समावेश भएका कारण पुस्तक लेख्नुको सकस, साधना र सन्तुष्टि मैले बुबाको अनुहारमा देखेको छु । जो मेरा लागि समेत रमाइलो अनुभूति हो ।

मलाई लाग्छ, मोक्षभूमि लेख्न लगभग ३ वर्षजति समय खर्च भएको हुनुपर्छ । जसको सुरुवात भएको थियो मध्ययुगीन सभ्यताको अध्ययनबाट । त्यसका लागि झण्डै ६ महिना बुबाले इतिहास, साहित्य, दर्शन र पुराणहरूको अध्ययन गर्नुभएको थियो । मलाई थाहा छ, बुबाले किताब लेख्नुअघि दुई दर्जनजति नयाँ पुस्तकहरु पढ्नुभएको थियो । जसमध्ये कतिपय पुस्तकहरू काठमाडौँका धेरै पुस्तक पसलमा खोजेर संकलन गरिएको थियो । यसरी प्राप्त भएका पुस्तकहरूलाई उहाँले खास सूत्रमा सूचीकृत गर्नुभएको थियो‚ र क्रमशः त्यसलाई पढ्न थाल्नुभएको थियो ।

अस्ति भख्खर मात्र लेखक नयनराज पाण्डेले भन्नुभएको थियो- लेख्नु भनेको पढ्नु हो । त्यो बेला ठ्याक्कै त्यहि कुरा मेरो घरमा पनि भइरहेको थियो ।

किताब पढ्दैगर्दा बुबासँग साथमा थिए‚ नयाँ डायरी र कलम । पुस्तकहरू पढ्दै गर्दा उहाँ आफूलाई मनपरेका सन्दर्भ र तथ्यहरू टिप्नुहुन्थ्यो । त्यो आफैँमा निकै रमाइलो काम थियो । हामी विद्यार्थीले आफ्नो शोधग्रन्थ तयार गर्दा बनाउने टिपोटजस्तै रमाइलो र मसिनो काम थियो त्यो । त्यसैबीच उहाँले कर्णाली, सिन्जालगायत पश्चिम नेपालका केहि भागको भ्रमण पनि गर्नुभयो । रमाइलो के भने‚ शायद त्यसैताका उहाँको दिमागमा कथाको रचना हुँदै थियो र पात्रहरू जन्मदै थिए ।

म पढाइका शिलशिलामा अमेरिका जाने तयारी गर्दै थिएँ । यद्यपी उहाँले दुई महिना जतिमा ४० हजारजति शब्दको पहिलो कथा सक्नुभयो‚ र ड्राफ्ट पढ्न मलाई दिनुभयो । वास्तवमा त्यो पहिलो पटक मेरो बुबाले मप्रति गरेको विश्वास थियो । लेखकको पहिलो ड्राफ्ट पढ्न पाउनु पक्कै पनि रमाइलो कुरा हो । मैले त्यस्तै अनुभव गरेको छु ।

बुबाले दिएको पहिलो ड्राफ्ट मैले एक हप्तामा पढिसकेँ । मैले निकै जिम्मेवारी साथ त्यसलाई पढेँ । सुरुवातमा त्यो कथा निकै सरल संरचनामा बनेको साधारण कथा थियो । अवश्य नै त्यसमा लय थियो । तर संघर्ष थिएन । शान्त थियो कथा । तरङ्गहरू थिएनन् । पात्रहरू थिए, तर उनीहरूमा उम्दा चरित्र निर्माण भइसकेको थिएन । कथाको भूगोल थियो‚ तर त्यसमा सभ्यता थिएन । समय थियो‚ तर समय चेतना थिएन । पहिलो ड्राफ्ट भएर होला, गर्नुपर्ने काम धेरै बाँकी थियो ।

मैले उहाँलाई भने, त्यो निकै साधारण कथा भयो । यसलाई राम्रो बनाउन मेरा तीनवटा सुझाव छन् । पहिलो‚ कथामा द्वन्द्व चाहिन्छ । समाजमा द्वन्द्व छ । विचारमा द्वन्द्व छ । त्यसैले कथामा पनि द्वन्द्व हुनुपर्छ । अन्यथा कथाले समयलाई न्याय गर्दैन । दोस्रो, साधारण पात्रहरूले कथालाई उचाई दिँदैनन् । कथालाई उचाईमा लैजान पात्रहरूको चरित्र रोचक र असाधारण बनाउन प्रयत्न गर्नु राम्रो । तेस्रो, हाम्रो सभ्यताको जगमा यो कथा उठ्यो भने त्यसले कथालाई मौलिक बनाउन सहयोग गर्नेछ । त्यसमा ध्यान दिनुहोला ।

मेरा सुझाव सुनेर बुबा खुसी हुनुभयो । शायद उहाँलाई मेरा सुझावहरू ठिकै लागेको हुनुपर्छ । मलाई लाग्छ, मप्रति उहाँको विश्वास अझ बढेको हुनुपर्छ । छोरो कथा बुझ्नसक्ने भयो भन्ने अनुभूति पनि भयो होला । किनभने दोस्रो डाफ्टमा काम गर्दा उहाँले मेरा सुझावलाई ध्यान दिनुभएको देखेँ । त्यसपछि बुबाले मलाई कथा लेखन र पात्रहरूबारे सुनाउँदै पनि जानुभयो ।

बिस्तारै पुस्तकमा अरु मान्छेहरू जोडिनुभयो । प्रकाशक जोडिनुभयो । सम्पादक जोडिनुभयो । केही विद्वानहरूले त्यसलाई पढेर सुझाव दिनुभयो । शायद पटक पटक वा हुनसक्छ दशौँ पटकको लेखन र सम्पादनपछि पुस्तक प्रकाशनमा गयो । मैले बुझेसम्म त्यो लेखकका लागि सबैभन्दा रोमाञ्चक क्षण थियो ।

जो‚ न्याय, स्वतन्त्रता र समृद्धिको सपना पूरा गर्न चाहन्छन्, उनीहरूको यात्राको कथा हो मोक्षभूमि । यो अर्थमा मलाई लाग्छ‚ मोक्षभूमि हाम्रो सभ्यताको एक महत्त्वपूर्ण बयान हो । जसले इतिहास बुझ्न र भविष्यको सपना देख्न पाठकलाई प्रेरणा दिन्छ ।

मोक्षभूमिको कथामा दासहरूको मुक्तिको कुरा छ । खासमा यो मान्छेको मुक्तिको कथा हो । किताबमा मान्छेको स्वतन्त्रता कति महत्त्वपूर्ण हुन्छ भन्ने कुराको परिचर्चा गरिएको छ । यसभित्र दर्शन छ । धर्म छ । सभ्यता छ । जीवनको महत्वबारे लामो परिचर्चा छ । योभित्र जातीय श्रेष्ठता कि मानव श्रेष्ठता भन्ने निकै महत्त्वपूर्ण विषयमा बहस चलाइएको छ । साथमा देश खोज्नेहरूको लामो र संघर्षमय यात्राको कुरा छ । जो‚ न्याय, स्वतन्त्रता र समृद्धिको सपना पूरा गर्न चाहन्छन्, उनीहरूको यात्राको कथा हो मोक्षभूमि । यो अर्थमा मलाई लाग्छ‚ मोक्षभूमि हाम्रो सभ्यताको एक महत्त्वपूर्ण बयान हो । जसले इतिहास बुझ्न र भविष्यको सपना देख्न पाठकलाई प्रेरणा दिन्छ ।

कथाको विषय, पात्र र चरित्रका विषयमा धेरैले समीक्षामा लेखेका छन् । मलाई यो उपन्यास पढ्दा मन परेको र भन्नैपर्ने कुरा अर्कै छ, त्यो के भने मोक्षभूमिको कथाले युवाहरूप्रति विश्वास देखाएको छ । यो उपन्यासमा कथा वाचकको रुपमा एउटा पात्र उपस्थित छ, कवि स्वरदेव । ऊ त्यो समुदायको एक युवा कवि हो । जो स्वप्नद्रष्टा हुन्छ । खासमा यो कथा अरू कसैले भन्न सक्थ्यो । तर दासहरूको कथा भन्नका लागि लेखकले युवालाई नै जिम्मा दिनु आफैँमा युवाहरूप्रतिको विश्वास हो ।

उपन्यासको दोस्रो पक्ष यो कथामा दुईजना पात्र छन् । पहिलो कृष्णदेव, दोस्रो भार्गदेव । मुख्यतः यिनै दुई पात्रहरू नै उपन्यासका केन्द्रीय पात्र हुन् । जो‚ युवा छन् । जो दासहरूको मुक्तिलाई स्थायित्व दिन सुन्दर नगरको परिकल्पना गर्दछन् र, त्यो परिकल्पनालाई साकार बनाउन हरक्षण प्रतिबद्ध छन् ।

यसो पनि भन्न सकिन्छ कि यिनै दुई पात्रहरूको मुक्तिको सपना हो‚ मोक्षभूमि । यिनिहरू दुवैले मिलेर आफ्नो राज्य कस्तो बनाउने ? कसरी समाजलाई न्यायपूर्ण र सुन्दर बनाउने ? कसरी त्यसलाई उन्नत र मानवीय सभ्यताले सिँगार्ने ? आदि अनेक विषयमा मन्थन गर्दछन् । उनीहरू स्वप्नद्रष्टा हुन् । सुन्दर समाजको परिकल्पना गर्नु र आफ्ना कल्पनाहरूलाई यथार्थमा परिणत गर्न मेहनत गर्नु उनिहरूको चरित्र हो । उनीहरू आफ्ना अग्रजहरूलाई नयाँ पुस्ताका सपनाहरूसँग जोड्न सक्ने तागत राख्दछन् ।

नयाँ पुस्ताले आफ्नो सपनामा समाजलाई हिँड्न प्रेरित गर्नु नै आजको मुख्य आवश्यकता हो । यो अर्थमा ऐतिहासिक बनोटमा लेखिएको कथा भएपनि मलाई लाग्छ मोक्षभूमि आजका युवाहरूको सपनाको कथा हो । युवाहरूको नेतृत्वको कथा हो । हाम्रो पुस्ताको कथा हो । मलाई मोक्षभूमिको मनपर्ने मुख्य पक्ष यहि हो ।

कथामा केही चिज छुटेका छन् । सिंजा दरबारको त्यो विशाल वैभव कथामा अलपत्र पारेर छोडिएको छ । कथामा स्थापित सिंजादबार, रानीहरू, राजकुमारहरू किन छुटे ? उनिहरू कथाका महत्वपूर्ण पात्र हुँदाहुँदै उनीहरुलाई अलपत्र छाड्नु लेखकको कमजोरी पो हो कि ? या त उनीहरूले संघर्ष गर्नुपर्थ्यो । र‚ आफ्नो वैभव बचाउनुपर्थ्यो‚ या त दरबारको षडयन्त्रले कथालाई नयाँ द्वन्द्वबाट अगाडि बढाउनुपर्थ्यो । कथामा आउनसक्ने यति ठुलो मोडलाई लेखकले बेवास्ता गरेको जस्तो मलाई लाग्छ ।

उपन्यासमा दासहरूको मुक्ति र मोक्षभूमि निर्माणको यात्राबारे रमाइलो वर्णन छ । हजारौँ मान्छेहरू स्वराज स्थापनाका लागि जसरी हिँड्छन्‚ त्यो इतिहासमा विरलै हुने गरेका घटनाहरुको वर्णन हो । दासहरू यो यात्रामा सामेल हुँदै जाँदा मलाई एउटा अर्को कथाको याद आयो ।

दोस्रो कुरा‚ गरुडदेवमाथी लेखकले अन्याय गर्नुभएको छ । गरुडदेव, जो सिंजामै संघर्ष गर्न एक हजार दाससहित बसेको थियो‚ त्यसको पतन मलाई मन परेन । त्यसले संघर्ष गर्नुपर्थ्यो । तर‚ उसको चरित्रलाई अन्यायपूर्वक पतनको बाटोमा पुर्‍याइयो । त्यो पात्र त्यति धेरै अन्याय गर्नुपर्ने पात्र थिएन ।

कथामा राजगुरू आर्यदेवलाई शक्तिशाली नकारात्मक चरित्र दिइएको छ । सुरुमा आर्यदेव कथाको मुख्य हिस्साको रुपमा उपस्थित छ । उसले सम्राटको दास विमोचनको योजनालाई नै चुनौती दिने तागत राख्दछ । ऊ खासमा आर्यखस समाजकै एउटा शक्तिशाली प्रतिनिधि पात्र हो । तर ऊ कथामा फिका हुँदैजान्छ । उसलाई त्यति धेरै फिका बनाउनु र कथाको मूल प्रवाहबाट अलग गर्नु राम्रो हुँदैनथ्यो । लेख्दै गर्दा पनि मैले लेखकसँग यो विषयमा कुरा गरेको थिएँ । तर‚ उहाँले भन्नुभयो‚ कथाको कुनै सूत्र हुँदैन । कथा एउटा बाटोमा हिँड्छ र यसरी अगाडि बढ्दा बाटोमा धेरै नयाँ पात्रहरू आउछन् र पुरानाहरू छुट्छन् । पात्रहरू जोडिनु र छुट्नु कथाको आफ्नै चरित्र हो ।’

उपन्यासमा दासहरूको मुक्ति र मोक्षभूमि निर्माणको यात्राबारे रमाइलो वर्णन छ । हजारौँ मान्छेहरू स्वराज स्थापनाका लागि जसरी हिँड्छन्‚ त्यो इतिहासमा विरलै हुने गरेका घटनाहरुको वर्णन हो । दासहरू यो यात्रामा सामेल हुँदै जाँदा मलाई एउटा अर्को कथाको याद आयो । जे. आर. आर्. टोल्किनको लर्ड अफ द रिङ्गसको कथा । हबिटहरूको यात्राको कथा । त्यो पनि एकप्रकारको स्वतन्त्रता खोज्नेहरुको यात्राको कथा नै हो । टोल्किन्सलाई फेन्टासी लेखनको पिता मानिन्छ । उनले १९५४ मा यो ट्रिलोजी प्रकाशन गरेपछि फेन्टासी साहित्यमा नयाँ युगको सुरुवात भएको मानिन्छ । पछि यसबाट प्रभावित भएर बजारमा अनेकौँ फेन्टासी उपन्यासहरू आए । जस्तो कि जर्ज आर आर मार्टिनको द सङ्ग अफ आईस एन्ड फायर ।

यता कथामा जब कृष्णदेव र भार्गवेद आफ्नो नगर निर्माणको यात्रामा निस्कन्छन् । मलाई फ्रोडो बेगिन्स र सम्वयल गाम्जीको मोर्डोर यात्राको झलक धेरै पटक आयो । मैले मोक्षभूमि पढेपछि गरेको एउटा अनुभूति के भने, नेपाली परिवेशमा पनि धेरै राम्रा राम्रा फेन्टासीहरू सिर्जना हुन सक्छन् । जसरी टोल्किन्सको लर्ड अफ द रिङ्ग्सले विश्व साहित्यमा फेन्टासी जेनराको किक स्टार्ट गर्‍यो‚ मलाई आशा छ, मोक्षभूमिले पनि नेपाली साहित्यमा नयाँ लेखनशैलीको उद्घाटन गर्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *