कांग्रेसका जिल्ला सभापतिहरूले तोडे अनशन

काठमाडौँ । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूले चार दिनदेखिको रिले अनशन तोडेका छन् । शनिबार बेलुकी बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उनीहरुको माग सम्बोधन गर्ने निर्णय गरेपछि कार्यदलका नेताहरूले कांग्रेसको केन्द्रीय कार्यालयमा पुगेर माग सम्बोधन गर्ने सहमति गरेपछि जिल्ला सभापतिहरूले अनशन तोडेका हुन् ।

संस्थापन पक्षले आफूखुसी सदस्यता थप गरेको भन्दै नामावली सार्वजनिक गर्नुपर्नेसहितका तीन बुँदे माग राखेर पौडेल समूहका जिल्ला सभापतिहरू चार दिनदेखि अनशनमा थिए ।

शनिबार अनशनमा बसेकामध्येका एक काठमाडौंका सभापति सबुज बानियाँले कार्यदलसँग सहमतिपछि अनशन तोडिएको बताए ।  कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलमा मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *