मन्त्रीको नाम छान्ने जिम्मा नेपाललाई
मकालु खबर
२०७८ भदौ १३ गते
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने नेताहरुको नाम छान्ने जिम्मा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपाललाई दिएको छ । जारी सांसदहरुको बैठकले मन्त्री बन्नेहरुकाे नाम तय गर्ने जिम्मा नेपाललाई दिने निर्णय गरेको हो ।
कार्यक्रम सञ्चालन गरिरहेका एकीकृत समाजवादीका नेता तथा सांसद विराेध खतिवडाले यो जिम्मा नेपाललाई दिन प्रस्ताव गरेका थिए । उनको प्रस्ताव सबै सांसदले ताली बजाएर अनुमोदन गरेका थिए ।
मकालु खबर
२०७८ भदौ १३ गते
प्रतिक्रिया
सम्बन्धित