नेपालको दुखेसोः

‘एमालेमा हुँदा ओलीको बोलीले पीडा दिन्थ्यो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पूर्वदल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको बोलीले आफूहरु सबैलाई पीडा दिने गरेको बताएका छन् । आइतबार (आज) बानेश्वरमा बसेको एकीकृत समाजवादीका सांसदहरुको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरु एमालेमा हुँदा पार्टी अध्यक्ष ओलीको बोलीले सबैलाई पीडा दिने गरेको बताएका हुन् । एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाएका नेपालले भने, ‘एमाले हुँदाताका उहाँ (ओली) को बोलीले हामी सबैलाई पीडा दिने गर्दथ्यो ।’

ओलीको प्रस्तुति र बोलीसँग एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल पनि चरम् असन्तुष्टि रहेको अध्यक्ष नेपालले बताए । ‘कमरेड जेएन पनि असन्तुष्टि हुनुहुुन्थ्यो,’ अहिले बल्ल आनन्द भएको छ,’ अध्यक्ष नेपालले भने, ‘उहाँले कहिल्यै पनि अरुको सल्लाहसुझाव सुन्नुहुन्नथ्यो ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *