थप २२९५ जनामा कोरोना‚ १८०८ संक्रमणमुक्त
मकालु खबर
२०७८ भदौ १४ गते
काठमाडौँ । सोमबार देशभर दुई हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २३३ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा दुई हजार २९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ११ हजार ८९२ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ९०२ चार हजार ३४१ जनाको एन्टीजेन परीक्षण गर्दा ३९३ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा देशभर एक हजार ८०८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १६ एक जना संक्रमितको मृत्यु भएको छ ।
मकालु खबर
२०७८ भदौ १४ गते
प्रतिक्रिया
सम्बन्धित