फुटोन्मुख विवकेशील साझा : पाण्डेले पनि बोलाए बैठक

काठमाडौं । विवेकशील साझामा समानान्तर गतिविधि शुरु भएको छ । गत वर्षको मंसिर २४ गते पुनःएकतामा बाँधिएका तत्कालीन साझा पार्टी र विवेकशील नेपालीबीच एकता भएर बनेको विवेकशील साझामा स्पष्ट पूर्ववत् ध्रुव छुट्टिएको छ ।

खासगरी अध्यक्ष रवीन्द्र मिश्रले ‘मार्ग परिवर्तन’ नाम दिएर एक दस्तावेज सार्वजनिक गरेपछि साझामा राजनीतिक मतभेद देखिन थालिएको हो । मिश्रको दस्तावेजको ‘काउन्टर’ दस्तावेज सार्वजनिक गरेका पार्टीका संयोजक मिलन पाण्डेले पनि बैठक बोलाएका छन् । अध्यक्ष मिश्रले बोलाएपछि संयोजक पाण्डेले पनि बैठकको आह्वान गरेको केन्द्रीय सदस्य महेश पाठकले जानकारी दिए ।

‘रवीन्द्रजीले सम्झौताविपरीत बैठक बोलाउनुभएपछि संयोजकज्यूले पनि बैठक आह्वान गर्नुभएको हो,’ पाठकले भने, ‘मेलमार्फत् सूचना आएको छ । बैठक आजैका लागि बोलाइएको छ ।’

पाठकका अनुसार बैठकमा पार्टीको गतिरोध, वर्तमान पार्टीकेन्द्रित राजनीतिलगायतका विषयमा छलफल हुनेछ ।

अध्यक्ष मिश्रले बिहीबार साढे १२ बजेका लागि बैठक बोलाएका थिए । अध्यक्ष मिश्रलाई बिहीबारका लागि आह्वान गरिएको बैठक स्थगित गर्न आग्रह गरेपनि नमानेपछि संयोजक पाण्डेले पनि बैठक बोलाएको पाठक बताउँछन् । ‘अध्यक्षज्यूलाई बैठक रोक्नुस् भनेर आग्रह गरिसक्दा पनि उहाँ नमानिसकेपछि यसो भयो,’ पाठकले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *