सुदूरपश्चिममा एकीकृत समाजवादी रोज्ने सांसदले आजै सनाखत गर्दै

धनगढी । सुदूरपश्चिममा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्ने प्रदेशसभा सदस्यले आजै सनाखत गर्ने तयारी गरेका छन् ।

एकीकृत समाजबादीको केन्द्रीय सदस्य समेत रहेकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा मन्त्री जोशीले नयाँ पार्टी रोज्ने सांसदको आजै सनाखत हुन लागेको जानकारी दिइन् । सनाखतका लागि सांसदहरु आन्तारिक माहिला तथा कानून मन्त्रालयमा छलफल गरिरहेका छन् ।

एकीकृत समाजबादीमा १४ जना प्रदेश सांसदले सनाखत गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् । सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित एमालेका २५ सांसद छन्। विगतमा उनीहरुमध्ये सभामुखबाहेक नेपाल समूहमा १७ र ओली समूहमा सात जना थिए ।

नयाँ पार्टी दर्ता भएपछि अंकगणित फेरवदल हुने सम्भावना छ । निर्वाचन आयोगले नयाँ दल रोज्न भदौं २२ गतेसम्मको समय दिएको छ। पार्टीमा जान इच्छुक नेकपा एमालेका प्रदेशसभा सदस्य, पालिकाका जनप्रतिनिधि र जिल्ला समन्वय समितिका सदस्यहरुका लागि २२ गतेसम्मको समयसीमा तोकिएको थियो ।

आयोगले दल बदल्न चाहने प्रदेशसभा सदस्यका लागि सम्बन्धित प्रदेशस्थित निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्लास्थित निर्वाचन कार्यालयमा सनाखत गराउनुपर्ने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *