मुख्यमन्त्री शाक्य अल्पमतमा

काठमाडौँ । नेकपा एमालेका १२ जना सांसदहरूले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा गएपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।

प्रदेश सभामा बहुमतका लागि ५५ जना प्रदेश सभा सदस्य (सांसद) चाहिनेमा एमालेका कुल ५६ जना सांसदमध्ये १२ जना एकीकृत समाजवादीमा गएपछि उनी अल्पमतमा परेकी हुन् ।

१०९ सदस्यीय प्रदेश सभामा १२ जना सांसदले एकीकृत समाजवादी रोजेपछि अब एमालेका तर्फबाट जम्मा ४४ जना सांसदमात्रै बाँकी रहेका छन् ।

एमाले छाडेर एकीकृत समाजवादी पार्टी रोज्नेमा सामाजिक विकास मन्त्री खनालसहित प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, मुनु सिग्देल, लक्ष्मण लम्साल, रमा आले मगर, माधव पौडेल, बसुन्धरा हुमागाईं, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठ छन् ।

९२ सदस्यीय बागमती प्रदेश सभामा एमालेका ५१, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादीका तीन, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक-एकजना सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *