मुख्यमन्त्री आचार्य अल्पमतमा

काठमाडौं । प्रदेश नं. १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् । १० जना सांसदले माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रोजेसँगै मुख्यमन्त्री आचार्य अल्पमतमा परेका हुन् ।

नेपाल समूह छोडेर गत भदौ १० गते केपी शर्मा ओलीको कोटाबाट मुख्यमन्त्री बनेका आचार्य अल्पमतमा परेसँगै पद गुम्ने खतरा बढेको छ ।
९२ सदस्यीय प्रदेश सभामा एमालेका ५१ सांसद छन् । १० जनाले एकीकृत समाजवादी रोजेपछि एमालेमा ४१ सांसद रहनेछन् । यसो हुँदा विश्वासको मतका लागि मुख्यमन्त्री आचार्यलाई ४७ सांसद आवश्यक पर्छ ।

प्रदेशमा नेपाली काङ्ग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीमा ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *