जसपाभन्दा लोसपा बलियो : ठाकुर

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीभन्दा आफ्नो पार्टी मजबुत रहेको दाबी गरेका छन् ।

बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले निर्वाचन आयोगबाट आफ्नो नयाँ पार्टी दर्ता भएपछि जसपाभन्दा बलियो रहेको दाबी गरेका हुन् । उनले अब निरन्तर पार्टीलाई विस्तार गर्ने र सदस्य संख्या बढाउने गरी अधिवेशनतर्फ आफुहरुको ध्यान रहेको समेत बताए ।

अध्यक्ष ठाकुरलगायतका नेतालाई जनकपुर विमानस्थलमा नेता कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन् । उनीहरूको स्वागतमा लोसपाका युवा कार्यकर्ताले जनकपुरधाममा मोटरसाइकल जुलुससमेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *