पूर्वसचिव त्रिताल भन्छन्- मन्त्री नियुक्त नहुने हो भने देशको धेरै सम्पत्ति जोगिन्छ

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव शारदा प्रसाद त्रितालले मन्त्रीको साटो सचिव परिचालन गरिए सकारात्मक नजिता आउने बताएका छन् । मन्त्री नियुक्त भएको कारणले देशलाई फाइदा भएको उदाहरण नभएको दृष्टान्त सुनाउँदै पूर्वसचिव त्रितालले भनेका छन्, ‘प्रधानमन्त्रीले सचिव परिचालन गरी काम गर्ने हो भने बरु नतिजा सकारात्मक निस्कन्छ ।’

दशैंभन्दा अगाडि मन्त्रिमण्डल विस्तार नभएको खण्डमा देशको धेरैजसो सम्पत्ति जोगिने पूर्वसचिव त्रितालको भनाइ छ । ‘मन्त्रिमण्डल विस्तार भएन भनेर किन दुःख मानेका होलान् सबैले,’ आफ्नो आधिकारिक फेसबूकमार्फत पूर्वसचिव त्रितालले भनेका छन्, ‘मेरो विचारमा दशैंभन्दा अगाडि विस्तार नभए देशको धेरै सम्पत्ति जोगिने थियो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *