आफ्ना अधिकार पुनःस्थापन गर्न दलित संघद्वारा कांग्रेस मुख्यालयमा धर्ना

काठमाडौँ । नेपाल दलित संघले निर्वाचन निर्देशिका तथा अनुसूचीमा दलितका अधिकार पुनःस्थापन गर्नका लागि कांग्रेस मुख्यालयमा धर्ना दिएका छन् ।

बुधबार संघले पार्टीको महाधिवेशनका लागि तयार गरेको निर्वाचन निर्देशिका तथा अनुसूची असमावेशी भएको भन्दै कटौती भएका दलितका अधिकार पुनःस्थापना गर्नका लागि भन्दै धर्ना दिएको हो ।

उनले पार्टी महाधिवेशन केन्द्रित भएका बेला आफूहरूमाथि अन्याय भएको उनीहरूको भनाइ छ । धर्नामा सहभागीहरूले आफूहरूको मागका बारेमा पार्टी नेतृत्व गम्भीर हुनुपर्ने जनाएका छन् । माग पूरा नभए विरोधका अन्य कार्यक्रम सार्वजनिक गर्ने संघले चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *