थप २०५२ जनामा कोरोना‚ ३०३० संक्रमणमुक्त
मकालु खबर
२०७८ भदौ १६ गते
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार १४ हजार ९३५ जनामा कोरोना परीक्षण गरिएकोमा २ हजार ५२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै बुधबार थप २० जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको कुल संख्या १० हजार ७७० पुगेको छ ।
मकालु खबर
२०७८ भदौ १६ गते
प्रतिक्रिया
सम्बन्धित