चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन

काठमाडौं । सरकारले चीनसँगको सीमा विवाद अध्ययनका लागि समिति बनाएको छ । हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति बनाइएको सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बुधबार (आज) बसेको मन्त्रिपरिषद् बैठक समिति बनाउने निर्णय गरेको हो ।

हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रसम्म उठेको समस्या अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *