मिश्रले बोलाएको बैठकमा ९२ केन्द्रीय सदस्य सहभागी, पाण्डे अनुपस्थित

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले बोलाएको भर्च्यूअल बैठकमा ९२ केन्द्रीय समिति सदस्यहरुले सहभागिता जनाएका छन् । मध्याह्न १२:३० बजेबाट शुरु भएको बैठकमा ९२ सदस्यहरुले भाग लिएको पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

पूर्व विवेकशील नेपाली पक्षका २३ जनाभन्दा बढी केन्द्रीय समिति सदस्यहरु सहभागी भएको नेता प्रकाशचन्द्र परियारले जानकारी दिएका छन् । बैठकमा संयोजक मिलन पाण्डेलगायतका ३८ सदस्यहरुले भने सहभागिता जनाएका छैनन् । पाण्डेले यसअघि नै बिहान ११ बजेका लागि छुट्टै बैठक आह्वान गरेका थिए । श्रोतकाअनुसार उक्त संख्याका केन्द्रीय सदस्यहरु पाण्डेले आह्वान गरेको बैठकमा सहभागी छन् ।

अध्यक्ष मिश्रले बोलाएको बैठकमा वैचारिक बहस, पछिल्लो समय उत्पन्न पार्टीकेन्द्रित राजनीति र समस्याको निकासलगायतका विषयमा छलफल हुने नेता परियारले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *