नेपालमा लगाइयो १ करोड ९२ हजार डोज खोप

काठमाडौं । नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको एक करोड ९२ हजार डोज खोप लगाइएको छ ।

हालसम्म १ करोड ९२ हजार १ सय ६४ डोज खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म भेरोसेल, जान्सेन, कोभिसिल्ड, जापानमा निर्मित अस्ट्राजेनेका र स्वीडिस आस्ट्राजेनिक खोप लगाइएको छ । १७.९ प्रतिशत‚ अर्थात् ५४ लाख २४ हजार ८ सय ३६ जनाले पहिलो मात्राको खोप लगाएका छन् भने १५.४ प्रतिशत‚ अर्थात् ४६ लाख ६७ हजार ३ सय २८ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले कुल ७१.६ प्रतिशत‚ अर्थात् २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउने लक्ष्य लिएकोमा भदौ १६ गतेसम्म यति खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

नेपालमा खोप लगाउन लक्ष्य राखिएको २ करोड १७ लाख ५६ हजार सात सय ६३ जना मध्ये बुधवारसम्मको तथ्याङ्क हेर्दा ५४ लाख २४ हजार ८ सय ३६ जना अर्थात् १७.९ प्रतिशतले खोपको पहिलो मात्रा लगाइसकेका छन् । खोपको पुर्ण मात्रा लगाउनेको संख्या ४६ लाख ६७ हजार ३ सय २८ अर्थात १५.४ प्रतिशत रहेको छ ।

विश्व स्वास्थ्य संगठन का दक्षिण पुर्वी एसिया क्षेत्रीय निर्देशक डा पूनम क्षेत्रपाल सिंहले यति छोटो समयमा १ करोड भन्दा बढि खोप लगाई १५ प्रतिशत जनातालाई पुर्ण खोप लगाउन सफल भएको भनि ‘नेपाल’लाई बधाई दिनुभएको छ ।

नेपालमा गत वर्षको माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो ।

नेपालमा अहिले भारतमा निर्मित कोभिसिल्ड, चीनको भेरोसेल, अमेरिकाको जोन्सन एन्ड जोन्सन, जापानमा बनेको एस्ट्राजेनेका र स्विडेनमा बनेको एस्ट्राजेनका खोप लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *