नेपालको प्रष्टोक्तिः

‘२२ गतेअघि मन्त्रिपरिषद् विस्तार हुँदैन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भदौ २२ गतेभन्दा अगाडि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना नरहेको बताएका छन् । ‘मन्त्रिपरिषद् विस्तारका विषयमा २२/२३ गतेसम्म त कसैले पनि चुइँक्क बोल्दैन,’ बिहीबार (आज) सिंहदरबारमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले भने, ‘त्यसबारेमा अहिले केही चर्चा हुँदैछ । हामी त्यसका लागि पनि उपयुक्त समयमा छलफल गर्नेछौँ ।’

अहिले सत्तारूढ दलहरुभित्रको विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको छ । गठबन्धनभित्रका दलका शीर्ष नेताहरुले नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र लिएलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेपनि त्यसो हुन सकेन । नेपाललाई पर्खेर बसेका प्रधानमन्त्री देउवा पनि अहिले चुपचापप्रायः छन् ।

निर्वाचन आयोगले एकीकृत समाजवादीको प्रमाणपत्र दिएपछि दल रोज्न पाउने समय भनेर भदौ २२ गतेसम्म समय छुटाएको छ । नेपाल निकट एक नेताकाअनुसार अध्यक्ष नेपालले नेताहरुले दल रोजिसकेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने मनसाय बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *