नेप्से ५० अकंले घट्यो, कारोबार रकम साढे ९ अर्बमा सीमित

२०७८ भदौ १७ गते

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ५०.१३ अंकले घटेको छ ।
यस दिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक १.६८ प्रतिशतले घटेर २९२६.८९ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने ८.९० अंकले घटेर ५४१.७७ बिन्दुमा पुगेको छ ।
यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै उपसमूहको सूचक घटेका छन् ।
त्यस्तै, २ सय ३० कम्पनीका १ करोड ८१ लाख ९ हजार ९ सय ६७ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८ सय २२ रुपैयाँको खरिद बिक्री भएको छ ।
यस दिन सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले र मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयरमुल्य झण्डै १० प्रतिशतले बढेको छ ।

२०७८ भदौ १७ गते
प्रतिक्रिया
सम्बन्धित