शेखरको जिकिर- ‘म सभापतिकै उम्मेदवार हुँ’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आसन्न १४औं महाधिवेशनमा आफू सभापतिबाहेक कुनै पनि पदको उम्मेदवार नबन्ने बताएका छन् । नेता कोइरालाले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मैले १३औं महाधिवेशनलगत्तै सभापतिका लागि तयारी अगाडि बढाएको हुँ । म अरू पदको लागि उम्मेदवारी दिन्नँ ।’

यस्तै नेता कोइरालाले आफूलाई उपसभापति तथा महामन्त्रीको उम्मेदवार भनेर हल्ला फिँजाइएको भन्दै आपत्ति जनाएका छन् । ‘त्यसैले यत्ति मान्नुस्,’ नेता कोइरालाले भनेका छन्, ‘म उपसभापति वा महामन्त्रीको उम्मेदवार होइन ।’

आफूबाहेक बहालवाला सभापति शेरबहादुर देउवालाई कसैले पनि हराउन नसक्ने ठोकुवा गर्दै आएका नेता कोइरालाले यसअघि नै दर्जनौं पटक अनौपचारिक रूपमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसको छन् ।

अहिलेसम्म गोपालमान श्रेष्ठ, कल्याणकुमार गुरुङलगायतले सभापतिको उम्मेदवारीको घोषणा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *