संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ तत्काल नहुने

काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिहरूविरुद्ध परेको रिटको सुनुवाइ तत्काल नगर्न अन्तरिम आदेश दिएको छ ।

संवैधानिक ईजलासमा संवैधानिक नियुक्तिसम्बन्धी रिटको सुनुवाइमा प्रधानन्यायाधीश बस्ने/नबस्ने टुङ्गो लगाउनुपर्ने भएकाले त्यसको टुङ्गो नलागेसम्म संवैधानिक नियुक्तिसँग सम्बन्धित रिटको सुनुवाइ नगर्न/नगराउन न्यायाधीश हरि फुयाँलको ईजलासले अन्तरिम आदेश जारी गरेको सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए ।
यो आदेशसँगै संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ तत्काल नहुने भएको छ ।

अधिवक्ता डा. गणेश रेग्मीले दायर गरेको रिटमा सुनुवाइ गर्दै इजलासले संवैधानिक इजलासमा प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबरा बस्ने नबस्ने टुंगो लगाएपछि मात्र संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ गर्न उपयुक्त हुने ठहर गरेको हो ।

संवैधानिक परिषद्‍को बैठकमा सहभागी भएर प्रधानन्यायाधीश जवराले गरेका निर्णयमा उनकै नेतृत्वमा गठन हुने संवैधानिक इजलासमा सुनुवाइ गर्न नमिल्ने भन्दै प्रश्न उठेपछि प्रधानन्यायाधीश जबराले आफू बिदा बसेर वरिष्ठतम् न्यायाधीशको नेतृत्वमा गठन हुने संवैधानिक इजलासले सुनुवाइ गर्ने गरी बाटो खोल्ने बताएका थिए । त्यसपछी शुक्रबार अर्थात भोली वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा गठन हुने इजलासले ती मुद्दाको सुनुवाइ गर्ने तयारी थियो । आज अन्तरिम आदेश आएपछि सुनुवाई तत्काल नहुने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *