समानान्तर गतिविधि नरोके कारबाही गर्ने मिश्र पक्षको निर्णय

काठमाडौं । विवेकशील साझा पार्टीले समानान्तर गतिविधि गर्ने नेताहरुलाई कारबाहीको चेतावनी दिएको छ । बिहीबार (आज) दिउँसो भर्च्यूल रूपमा बसेको बैठकले पार्टीको हितविपरीत समान गतिविधि सञ्चालन गर्न खोज्ने नेता/कार्यकर्ताहरुलाई कारबाहीको चेतावनी दिएको प्रवक्ता शरदराज पाठकले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

‘अवैध र समानान्तर गतिविधि सञ्चालन गर्दै पार्टी हितविपरीतका क्रियाकलापमा संलग्न केन्द्रीय सदस्यहरूलाई त्यस्ता गतिविधि तत्काल रोक्न बैठकले कडा निर्देशन दिएको छ,’ प्रवक्ता पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता कदम तत्काल नरोकिए केन्द्रीय समितिले आवश्यक कारबाही गर्ने निर्णय गरेको छ ।’

यस्तै बैठकले केन्द्रीय समिति बैठक सञ्चालन कार्यविधिको मस्यौदा केन्द्रीय समितिको आगामी बैठकमा पेश गर्ने निर्णय गरेको छ । त्यसको जिम्मेवारी अध्यक्ष रवीन्द्र मिश्रलाई दिइएको प्रवक्ता पाठकले बताए ।

बैठकमा १०३ केन्द्रीय सदस्यहरुको सहभागिता रहेको प्रवक्ता पाठकले बताए । संयोजक मिलन पाण्डे पक्षको पनि बिहान बैठक बसेको थियो । ४५ केन्द्रीय सदस्य सहभागी उक्त बैठकले कुनै ठोस निर्णय भने गरेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *