महेशलाई देउवाको चुनौतीः

‘मलाई हैन, दुर्लभलाई चुनाव हराएर देखाउनुस्’

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आगामी चुनावमा आफूलाई नभएर भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन महेश बस्नेतलाई चुनौती दिएका छन् ।

शुक्रबार भक्तपुरबाट पार्टीको वडा अधिवेशन शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले थापालाई हराएर देखाउन बस्नेतलाई चुनौती दिएका हुन् ।  केही दिनअघि भक्तपुरका एमाले नेता बस्नेतले भक्तपुरमा शेरबहादुर देउवा चुनावमा लड्न आए आफूले सहजै जित्ने बताएका थिए ।

देउवाले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरी पार्टी संगठनलाई थप सशक्त बनाइने भन्दै महाधिवेशन सफलताका लागि एकताबद्ध भएर लाग्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिए । सभापति देउवाले आगामी दिनमा कांग्रेस बलियो र सशक्त हुने विश्वास व्यक्त गरे ।

त्यस्तै भक्तपुर कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले पार्टीको अधिवेशनदेखि महाधिवेशनसम्म पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताए । त्यस्तै उनले आगामी चुनावमा पार्टीलाई पहिलो पार्टी बनाउन शसक्त भूमिका खल्ने धारणा राखे ।

सभापति देउवाले भक्तपुरको सूर्यविनायक- ५ मा वडा अधिवेशनको उद्घाटन गरेका हुन् । वडा अधिवेशन र २१ भदौदेखि निर्वाचन हुने गरी यसअघि नै कांग्रेसले कार्यतालिका सार्वजनिक गरिसकेको छ । निर्वाचनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि वडा अधिवेशनबाट चयन हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *