मन्त्री बनाउ भन्नेहरु देख्दा दिक्क लाग्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका लागि काम नगर्ने पार्टीको कुनै औचित्य नभएको बताएका छन् । शुक्रबार (आज) माओवादी केन्द्र बागमती प्रदेश समितिको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘पार्टी भनेको जनता र देशका लागि समर्पित हुनुपर्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘जनताका लागि काम नगर्ने पार्टीको कुनै काम छैन । जनताका लागि काम नगर्ने हो भने पार्टी विघटन गर्दा पनि हुन्छ ।’

वर्गीय पक्षधरता र क्रान्तिकारी संस्कृति भएन भने र उत्पीडित जनताको पक्षमा काम गरिएन भने पार्टीको काम नहुने अध्यक्ष प्रचण्डको भनाइ छ । नेता/कार्यकर्ताहरू जनतामा फर्किनुपर्ने बताउँदै उनले यस्तो गरेमा मात्र पार्टी बन्ने र समाजवादको बाटो कोरिने बताए । यस्तै उनले आफूकहाँ मन्त्री बनाउन भन्दै आउने देखेर दिक्न लाग्ने बताएका छन् । ‘यो मान्छे बिग्रिन आयो भन्ने लाग्छ’, उनले भनेका छन् ।

प्रशिक्षण भेलामा जिल्ला अध्यक्षहरूले रिपोर्टिङ्ग गरेका छन् । केन्द्रीय समितिको बैठकको निर्णय कार्यान्वयनकै सिलसिलामा यी बैठकहरू भइरहेका हुन् । यसअघि केन्द्रले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको प्रशिक्षण गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *