विश्वप्रकाशले केमा देलान् उम्मेदवारी ? भन्छन्- छिट्टै उम्मेदवारी घोषणा गर्छु
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आसन्न महाधिवेशनमा छिट्टै उम्मेदवारी घोषणा गर्ने बताएका छन् । आफूलाई धेरैले उम्मेदवारी घोषणा कहिले गर्ने भनेर साेधिरहेकाे भन्दै उनले अब छिट्टै उम्मेदवारी घोषणा गरेर मैदानमा हुने बताएका हुन् ।
वडा अधिवेशन शुरु भएको दिन पारेर शर्माले आफूले प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन भन्दै आएको स्मरण गराउँदै सबैको साथ र सहयोग चाहेको पनि बताएका छन् ।
शर्माले कुन पदमा उम्मेदवारी दिनेबारे भने खुलाएका छैनन्‚ तर उनी निकटका नेता‚ कार्यकर्ताले भने शर्माले महामन्त्रीको उम्मेदवारी दिने तयारी गरिरहेकाे बताउने गरेका छन् ।
उम्मेदवारी घोषणा कहिले ?
शुभचिन्तक मित्रहरू, पार्टी पंक्ति र प्रेसको प्रश्न र जिज्ञासाप्रति आभारि छु l `प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन´ भन्दै आएको थिएँ l `वडा अधिवेशन´ शुरु भएको आजको दिन सबै उम्मेदवारलाई शुभकामना l चाँडैनै म मैदानमा हुनेछु,शुभेच्छा र साथ चाहन्छु l जय नेपाल !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) September 3, 2021