संसद् बोलाउनेबारे शीर्ष नेताहरुबीच छलफल

काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा जुटेका छन् । बिहान १० बजेबाट प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतबीच छलफल भएको हो ।

छलफलमा सभामुख अग्निप्रसाद सापकोटा र कानुमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागिता थिए । विषेशगरी संसद् बोलाउने, सरकार विस्तार र गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको कानुमन्त्री तथा सरकारका प्रवक्ता कार्कीले बताए । शुक्रबार साँझ पनि देउवा, प्रचण्ड र नेपालबीच छलफल भएको थियो ।

गत असार २८ गतेको सर्वोच्चको फैसलाअनुसार गठन भएको कांग्रेस सभापति देउवा नेतृत्वको सरकार हालसम्म विस्तार हुन सकेको छैन । सरकारमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवासहित दुई मन्त्री र एक राज्यमन्त्री छन् । यस्तै, माओवादीका तर्फबाट दुईमन्त्री कार्यरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *