पुनमको पहिलो चलचित्रमा दिवाकरको निर्देशन

काठमाडौँ । निर्देशक दिवाकर भट्टराई नयाँ चलचित्रको तयारीमा पनि जुटेका छन् । पुनम यादवले निर्माण गर्ने चलचित्रको हाल स्क्रिप्टमा काम भइरहेको छ । नाम टुङ्गो नलागेको चलचित्रमार्फत पुनम पहिलो पटक चलचित्र निर्माणमा लागेकी हुन् ।

स्मिता दाहालको हिन्दी गीतसमेत निर्माण गरेकी उनी चाँडै बलिउड चलचित्र पनि बनाउँदैछिन् । नेपालका प्रतिभावान् कलाकारलाई विश्वमा चिनाउन आफूले गीत सँगै चलचित्र निर्माण गर्ने निर्मात्री यादवले बताइन् ।

भट्टराईको ‘तिमी सँगै हुन मन छ’ कोरोनाका कारण छायांकन हुन सकेको छैन । यस्तोमा उनी सहकारी व्यवसायी बनेका छन् भने छिट्टै नै रेस्टुरेन्ट खोल्ने तयारीमा समेत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *