ईश्वर भन्छन्- ‘सभामुख प्रचण्डको गुरिल्ला बने’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव ईश्वर पोखरेलले आगामी संसद् अधिवेशन चलाएर देखाउन सभामुख अग्निप्रसाद सापकोटालाई चुनौती दिएका छन् । एमाले काभ्रे जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो चुनौती दिएका हुन् । ‘सभामुखको गतिविधि हेर्नुस् त्यो संवैधानिक ओहोदा हो,’ महासचिव पोखरेलले भनेका छन्, ‘तर अहिले प्रचण्डको निर्देशन पालना गर्ने कार्यकर्ता जस्तो बनेका छन् । आउँदो संसद् कसरी चलाउँछन् त्यसको हिसाबकिताब त्यहीँ गर्छौँ ।’

एमालेले कारबाही गरेका १४ जना सांसदहरुको कारबाहीसम्बन्धी सूचना टाँस नगरेको विषयलाई लक्षित गर्दै सभामुखप्रति महासचिव पोखरेल आक्रोशित बनेका हुन् । ‘तत्कालीन माओवादीबाट आएका साथीहरुलाई कारबाही गरेको पत्र प्रचण्डले काट्दा २४ घण्टा नबित्दै कार्यान्वयन गर्ने,’ महासचिव पोखरेलले भने, ‘तर एमालेले कारबाही गरेको पत्र दिँदा पनि त्यसलाई धन्काएर राख्ने ? प्रचण्डको गुरिल्ला बनेका छन् सभामुख ।’

यस्तै महासचिव पोखरेलले चीनसँगको सीमामा कुनै समस्या नहुँदा पनि समिति बनाउने अहिलेको सरकारले भातरसँगका समस्याका बारेमा केही पनि बोल्न नसकेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *