राप्रपाले महाधिवेशनपछि फड्को मार्छ : लावती

ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले महाधिवेशनपछि राप्रपाले फड्को मार्ने बताएका छन् ।  ‘राजासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्रको नारा देशव्यापी रुपमा लोकप्रिय हुँदै गएको अवस्थामा, राष्ट्रिय प्रजातन्त्र पार्टी जनताबीच स्थापित हुने निश्चित छ,’ राप्रपाका कार्यसम्पादन समिति सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष लावतीले भनेका छन् ।

प्रजातान्त्रिक दलको रुपमा राप्रपाले पूर्ण रुपमा विधि र विधानलाई सर्वोपरी मानेर अघि बढ्नुपर्ने लावतीको भनाइ थियो । पार्टीको विधान अझै प्रजातान्त्रिक र थप समावेशी बनाए विगतका टुटफुटका तितो अनुभवलाई सही व्यवस्थापन गर्न सकिने उनको भनाइ थियो । ‘देशलाई भरपर्दो प्रजातान्त्रिक विकल्प दिन, राप्रपाले युवाहरुलाई पूर्ण रुपमा आकर्षण गर्नु पर्दछ,’ उनले भनेका छन् । युवा नेता लावतीले राप्रपा ताप्लेजुङ जिल्ला कार्य समितिद्वारा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै सो विचार व्यक्त गरेका हुन् ।

राप्रपा ताप्लेजुङका अध्यक्ष अमृत साउदेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यहरु बबिना मोक्तान लावती र तेज सुनवार, राप्रपा पाँचथर अध्यक्ष राजकुमार जोशी, राप्रपा ताप्लेजुङका सहअध्यक्ष डिल्ली विष्ट, जिल्ला नेताहरु गायत्री थेबे, सुरेश लिम्बु, बेनु ओझा, नरेन्द्र पौडेल, यामकुमार दाहाल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *