राष्ट्रपतिद्वारा दुवै संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संसद् अधिवेशन आह्वान गरेकी छन् । शनिबार (आज) बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

नेपालको संविधानको धारा ९३ (१) बमोजिम राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

राष्ट्रपति भण्डारीले अपराह्न ४ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *