मित्रराष्ट्रको सम्बन्धमा आँच आउने कुनै गतिविधि नगर्न गृहको अनुरोध

काठमाडौं । गृह मन्त्रालयले मित्रराष्ट्रको सम्बन्धमा आँच आउने कुनै पनि गतिविधि नगर्न अनुरोध गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आम नागरिकमा यस्तो अनुरोध गरेको हो ।

‘मित्रराष्ट्रको सहयोगमा सञ्चालित विकास आयोजना र कार्यरत कर्मचारी, विदेशी नागरिक तथा उनीहरुका सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्षरुपमा सञ्चारमाध्यामरसामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी तथा धम्किपूर्ण अभिव्यक्ति आइरहेकोमा गम्भीर ध्यानाकर्षण भएको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा विकास आयोजना कर्याान्वयनमा असुरक्षा महसुस हुने तथा मित्रराष्ट्रसँगको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिविधि नगर्न र नगराउन भनेको छ । त्यस्ता अभिव्यक्ति तथा गतिविधिको मन्त्रालयले सुक्ष्म निगरानी राख्ने, विश्लेषण गर्ने गरिरहेको र त्यस्ता गतिविधि गर्ने विरुद्ध कानून बमोजिम कारवाही हुने मन्त्रालयले चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *