प्रदेश २ : लोसपामा थपिए तीन सांसद

जनकपुरधाम । जनता समाजवादी पार्टीका तीनजना सांसदले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् ।

जसपा सांसदत्रय रानी शर्मा तिवारी, उपेन्द्र महतो तथा अभिराम शर्माले आइतबार लोकतान्त्रिक समाजवादीको पक्षमा सनाखत गरेका हुन् । योसँगै लोसपाको पक्षमा प्रदेश २ मा १५ सांसद पुगेका छन् ।

सांसदत्रयले आइतबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जसपाको रुपमा एकीकृत हनुअघि पनि उनीहरू राजपाकै सांसद थिए ।

प्रदेश २ मा जसपाका ५४ सांसद थिए । जसमध्ये २९ जना तत्कालीन समाजवादी र २५ जना राजपाका थिए ।

सभामुख सरोज यादव तत्कालीन राजपाबाट छन् । सभामुख बाहेक २४ सांसद रहेको राजपाको पक्षमा हालसम्म १५ जना मात्रै खुलेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *