टिलपिल बागमती (तस्बिरहरु)
२०७८ भदौ २१ गते
काठमाडौं । गएराति परेको वर्षाले बागमतीमा ठूलो बाढी आएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार बागमती नदी खोकनास्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।
उपत्यकाका बागती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको बहाब बढ्दा खोलाछेउका बस्ती डुबानको खतरामा परेका हुन् ।
काठमाडौँको गोकर्णेश्वर मन्दिर क्षेत्र, कपनको मिलनचोक क्षेत्र, बल्खुस्थित फलफूल बजार, गौशालाको नदि किनारका बस्तीहरु डुबानमा परेका छन् ।
२०७८ भदौ २१ गते
प्रतिक्रिया
सम्बन्धित