भारतलाई पठाएको कुटनीतिक नोटबारे सरकारले सदनलाई जानकारी गराउने

काठमाडौँ । सरकारले दार्चुला घटना र यसबारे भारतलाई पठाएको कुटनीतिक नोटबारे संसदलाई जानकारी गराउने भएको छ । बुधबारबाट शुरु हुने संसदको अधिवेशनअन्तर्गत पहिलो बैठकमै गृहमन्त्री बालकृष्ण खाणले दार्चुला घटना र यसबारे भारतलाई सरकारले पठाएको कुटनीतिक नोटबारे जानकारी गराउने भएका हुन् ।

मंगलबार बसेको कांग्रेसको संसदीय दलको बैठकमा मन्त्री खाँणले यससम्बन्धी जानकारी गराएको कांग्रेस सांसदहरूले जानकारी दिएका छन् ।

गृहमन्त्रीले यसबारेमा सरकारले भारतलाई पठाएको कुटनीतिक नोट, नोटमा समेटिएका विषय र छानविन समितिको प्रतिवेदन लगायतबारे जानकारी गराउने बताएको एक सांसदले जानकारी दिए ।

भारतीय सीमा सुरक्षा बल एसएबीले तुइन खुस्काइदिँदा तुइनबाट महाकाली नदी तरिरहेका दार्चुलाका जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका छन् । यसबारेमा सरकारले भारतसँग कुटनीतिक पहल नगरेको भनेर चर्को आलोचना भइरहँदा सरकारले हिजो भारतलाई कुटनीतिक नोट पठाएको बताएको छ । तर नोटमा के के विषय समेटिएको छ र व्यहोरा के कस्तो छ भन्ने सार्वजनिक भइसकेको छैन ।

यसैबीच संसदीय दलको बैठकले भोलीको बैठकमा अनिवार्य उपस्थित हुन सबै सांसदलाई ह्वीप जारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *