बजेटपछि सेयर बजारमा ७१ अंकको उछाल
मकालु खबर
२०७८ भदौ २७ गते
काठमाडौँ। साताको पहिलो दिन आइतबार सेयर बजार(नेप्से)मा उछाल आएको छ ।
यसदिन नेप्से परिसूचकमा ७१.४३ अंकले बढेर २९४७ विन्दुमा पुगेको छ । बजेट प्रतिस्थापन विधेयक आएपछि सेयर बजारमा सुधार अाएकाे देखिएकाे छ ।
यसदिन ९ अर्ब ४४ करोड रुपैयाँमा २३१ कम्पनीको सेयर खरिदबिक्री भएको छ । यस दिन ७ ओटा जलविद्युत् कम्पनी र अरु गरी १० कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेका छन् ।
यस दिन सामुहिक लगानी कोषबाहेका सम्पूर्ण समूहगत परिसूचक उकालो लागेको छ ।
मकालु खबर
२०७८ भदौ २७ गते
प्रतिक्रिया
सम्बन्धित