सत्तासीन गठबन्धन अनैतिक शक्ति हो : पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सत्तासीन गठबन्धन अनैतिक शक्ति भएको बताएका छन् । बिहीबार (आज) एमाले काठमाडौँले आयोजना गरेको प्रशिक्षण तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् । ‘अहिले राष्ट्रिय राजनीति दुई ध्रुवमा घुमिरहेको छ,’ पोखरेलले भने, ‘एउटा अनैतिक सत्तासीन गठबन्धन र अर्को केपी ओलीले नेतृत्व गर्नुभएको मुलुककै ठूलो दल नेकपा एमाले ।’

एमालेलाई सुदृढ बनाउने जिम्मा युवा पुस्ताहरूमाझ भएको पोखरेलको भनाइ थियो । ‘गोलबद्ध भएर एमालेलाई सुदृढ बनाउने जिम्मा युवाहरूमा छ,’ पोखरेलले भने, ‘अहिलेको युवाहरूल यसतर्फ सोच्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *