अनेरास्ववियुको अध्यक्षमा बराल चयन
मकालु खबर
२०७८ असोज २ गते
काठमाडौँ । नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छन् । शनिबार (आज) भएको केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन भएका छन् । अध्यक्ष ऐन महरसहित पदाधिकारीले भने विद्यार्थी संगठनबाट बिदा लिएका छन् ।
५ वर्षअघि सम्पन्न २२औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष नविना लामा नेकपा एकतासँगै विदा भएर ऐन महर अध्यक्ष बनेका थिए । शनिबार (आज) बाट महरसमेतले विद्यार्थी राजनीतिबाट बिदा लिएका छन् ।
अध्यक्षको लागि रश्मी आचार्य र बर्तौला पनि आकांक्षी थिए ।
मकालु खबर
२०७८ असोज २ गते
प्रतिक्रिया
सम्बन्धित