एमालेले सुरू गर्‍याे विधान महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजमाथिको छलफल

काठमाडौँ । नेकपा (एमाले) ले आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजमाथिको छलफल सुरू गरेको छ । आइतबार (आज) ललितपुरस्थीत तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजमाथि छलफल भएको प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिए ।

त्यस्तै यसलाई सुझावसहित निष्कर्षमा पुराउन प्रयास गरिएको पनि भट्टरईले बताए । दस्ताबेजमाथि सोमबार (भोलि) पुन छलफल हुने र छलफल गरेर आएका सुझावसहितको आधारमा परिमार्जन गरेर केन्द्रीय कमिटी बैठकमा पेस भर्ने भट्टराईले बताए । ‘भोलि पुनः छलफल हुन्छ,’ भट्टराईले भने, ‘यसपछि पुनः हामी निष्कर्षमा पुग्नेछौँ ।’

एमालेले असोजको १५ देखि १७ सम्म विधान महाधिवेशन बोलाएको छ । बैठक आजकै निरन्तरताका रूपमा पुनः भोलि बस्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *