ओलीको रिटमा सर्वोच्चद्वारा सक्कल फाईल माग

काठमाडौँ । नेकपा (एकीकृत समाजावादी)का लुम्बिनीका २ प्रदेशसभासहितका १६ जना सांसद पदमुक्त गर्नुपर्ने भन्दै दायर भएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

नेकपा एमालेले कारबाही गरेका १६ जना सांसदलाई पदमुक्त गर्नका लागि परेको रिटमा सर्वोच्च अदालतले सक्कल फाईलको माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यो आदेशसँगै नेकपा एसका सांसदको पद तत्काललाई जोगिएको छ ।

न्यायाधीशद्वय दिपक कार्की र कुमार चुँडालको संयुक्त इजलासले संघीय संसद सचिवालय‚ निर्वाचन अयोग र लुम्बिनी प्रदेश सचिवालयबाट सक्कल फाइल मागाउन आदेश दिएको हो ।

एमालेले कारबाही गरेका तत्कालीन एमाले वरिष्ठ नेता माधव नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *