राष्ट्रपतिद्वारा खड्का मन्त्रीमा नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. नारायण खड्कालाई मन्त्री पदमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्रीमा नियुक्त गरेकी हुन् ।

भण्डारीले खड्कालाई परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकेकी हुन् । परराष्ट्रमन्त्रीमा नियुक्त भएका खड्काको बुधबार (आज) दिउँसो १ जे शपथ लिने कार्यक्रम छ ।

प्रधानमन्त्री सचिवालयकाअनुसार खड्काको शपथ आज दिउँसो एक बजेका लागि शीतलनिवासमा तय भएको छ । परराष्ट्रमन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेपछि राति ८ः३० बजे संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उनी न्यूयोर्क जानेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *